ख्याल गर्नुहोस्, कोभिडले कारबाही गर्लाः काठमाडौं प्रजिअ (भिडियोसहित)

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्य सुरक्षा नअपनाउने आफैं जोखिममा पर्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजनसँगको कुराकानीमा प्रजिअ दाहालले प्रशासनले सुरक्षा सावधानी नअपनाउनेलाई कारबाही गर्ने चेतावनी दिंदै भन्नुभएको छ, ‘जथाभावी गर्नुभयो भने प्रशासनले होइन, कोभिडले कारबाही गर्छ ।’ उहाँले अनावश्यक पास दिन बन्द गर्ने दोहोर्‍याउँदै प्रशासनले दण्डको पनि नीति लिने जानकारी दिनुभयो । काठमाडौंमा अहिलेसम्म २ हजारलाई कारबाही गरिएको उहाँले बताउनुभयो

मापदण्ड पालना नगर्ने ठूला स्टोर बन्द गर्ने प्रजिअ अधिकारीको चेतावनी थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.