साँगामा कडाई गरेपनि लुकिछिपी उपत्यका छिर्ने क्रम रोकिएन

काभ्रे- काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले नाकाहरुमा कडाई गरेपनि साँगा नाका हुँदै तराई र मध्यपहाडका विभिन्न जिल्लाबाट आएका यात्रुहरु लुकीछिपी पैदल हिडेर नाका कट्ने गरेका छन् ।

प्रहरीले साँगा नाकामा चेकजाँचमा कडाई गरेसँगै विभिन्न जिल्लाबाट आएका सवारी साधनहरुले साँगाको चेकपोष्टबाट करिब ५ सय मिटर तल ओरालिदिने र यात्रुहरु पैदल हिँडेर साझा यातायात, ट्याक्सी लगायत अन्य नीजि साधनमा उपत्यका प्रवेश गर्ने गरेका छन् ।

तस्वीरः देवराज केसी/काभ्रे

यसैबीच काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बिना अनुमति तराई र पूर्वका जिल्लाबाट आउनेलाई सिन्धुलीमा नै रोक्ने र साँगामा थप कडाई गरिने बताउनुभयो । उहाँले एउटा गाडीबाट ओर्लने वित्तिकै उतैतर्फ फर्कन अर्को गाडीमा पठाउने गरिएको बताउनुभयो ।-

तस्वीरः देवराज केसी/काभ्रे

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.