फेरि तीन दिन लगातार पानी पर्ने

काठमाडौं– नेपालमा फेरि अबका तीन दिन मनसुन सक्रिय हुने भएको छ ।

आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई-तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अबको दुईतीन दिन केही स्थानमा ठूलो वर्षाको सम्भावनासमेत रहेको मौसमविद् बताउनुभयो ।

मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय रहेको देखिएको र निरन्तर वर्षा भइरहेको छ । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको हो । यसैबीच आज रातिबाट दुई(तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा वर्षा हुने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.