चिकित्सकलाई कोरोना पोजेटिभ पाइएपछि अस्पतालको ओपिडी सेवा बन्द

मोरङ- विराटनगरस्थित नोबेल मेडिकल कलेजका दुइजना चिकित्सकलाई कोरोना पोजेटिभ पाइएपछि अस्पतालको ओपिडी र फोक्सो वार्ड बन्द गरिएको छ ।

सो मेडिकल कलेजका दुइजना रेसिडेण्ट चिकित्सकको रिपोर्ट पोजेटिभ आउने बित्तिकै उनीहरु कार्यरत रहेको ओपिडी र फोक्सो वार्ड बन्द गरिएको कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो । यसैगरी चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोना पोजेटिभ आएपछि मोरङ सहकारी अस्पताल पनि बन्द गरिएको छ ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरु नै संक्रमित भेटिन थालेपछि विराटनगरका ठुला अस्पतालहरु केही दिनका लागि बन्द गर्ने गरिएको छ । कोशी अस्पताल, विराटनगर अस्पताल, न्युरो अस्पतालका केही सेवाहरु बन्द गरेर खोलिसकिएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्यकर्मीहरु कोरोना पोजेटिभ पाईएपछि दुइ घण्टाका लागि सेवा बन्द, दुइ घण्टामा सम्बन्धित वार्डलाई सिल गरी डिस्इन्फेक्ट गर्ने र दुइ घण्टाभित्र सम्बन्धित स्वास्थ्यकर्मीलाई क्वारेण्टाइन वा आईसोलेशनमा पठाउने उल्लेख छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.