भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनकः नेता नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस। जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई ‘महान् भारतीयु भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक रहेको’ बताउनुभएको छ ।

नेता नेपालले सामाजिक सञ्जाजमा आफ्नो धारणा राख्दै ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बॉकी नरहँदा-नरहँदै बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्ने उल्लेख गर्नुभएको छ ।

नेपालले भन्नुभएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.