सुरक्षाको पूर्वतयारी गरेर मात्रै विद्यालय खोल्न अभिभावकको आग्रह

काठमाडौं- स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञचालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको छ ।

कोभिड-१९ का कारण लगाइएको लकडाउन खुले पनि विद्यालय खुल्न नसकी हाल वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भइरहेको छ । सरकारले आउँदो भदौ १ गतेबाट विद्यालयमा विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण र परीक्षा सञ्चालन गर्ने र दोस्रो चरणमा विद्यालय पुनःसञ्चालन गर्ने तयारी गरे पनि जोखिम बढेपछि अन्योलको स्थिति छ ।

महासङ्घका प्रदेश अध्यक्ष तथा प्रदेश इञ्चार्जबीचको सो अन्तरसंवादपछि हतारमा विद्यालय नखोल्न आग्रह गर्ने निर्णय भएको महासङ्घका महासचिव गुणराज मुक्तानले जानकारी दिनुभयो ।

सहभागीले विद्यामान अवस्थामा विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति गराउन मुलुकभर कोरोनाको प्रभाव झन् बढिरहेको, विद्यालयमा क्वारेन्टिन र आइसोलेसन कक्षहरु हटाइ नसकेको, यातायात पूर्णरूपमा सञ्चालनमा नआएको, बाढीपहिरोका कारण अवरोध भएकाले अभिभावकमा आफ्ना बालबालिकालाई ढुक्कसँग विद्यालय सक्ने अवस्थामा नरहेको जनाइयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.