गौतम बुद्धको जन्मस्थानबारे विवाद गरिरहन आवश्यक नभएको सरकारद्बारा स्पष्ट

काठमाडौं- गौतम बुद्धको जन्मस्थानबारेको बहस गरिरहन आवश्यक नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध महान भारतीय भएको अभिव्यक्ति दिएको विषयमा परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरि गौतम बुद्धको जन्मस्थानका सम्वन्धमा अन्तर्राष्ट्रिय समुदाय जानकार भएको परराष्ट्रले जनाएको छ ।

बौद्ध धर्म नेपालबाट संसारको अन्य भागहरुमा फैलिएको कुरा अकाट्य सत्य भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहीत र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन भनेको छ ।

“यो ऐतिहासिक र पुरातात्विक तथ्यहरुले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो,” परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.