एउटा मुसाका कारण चार जिल्ला अध्याँरोमा
उदयपुर- एउटा मुसाले चार जिल्लालाई अध्याँरो पारेको छ । नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तरगत जलजलेमा रहेको सव स्टेसनको ईनकमरमा मुसा पस्यो ।
मुसाले सवस्टेसनको गाइघाट फिडरको तार काटेपछि विद्युत सट भएर सवस्टेसनमा आगलागी भयो र तारहरु जले । फिडरमा आगलागी भएकाले उदयपुर सहित खोटाङ, ओखलढुङ्गा र सोलु जिल्लामा बिद्युत अबरुद्ध भयो ।
विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझवाटै विद्युत सेवा अवरुद्ध भएको हो । जलेको फिडर मर्मत गर्न केही समय लाग्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरण उदयपुरका इन्जिनियर सञ्जिव कर्णले वताउनुभयो ।
जोगिदह र जलजले फिडर बन्द रहेकोमा जोगिदह तर्फको लाइन मोतिगडाबाट सप्लाई गरिने वितरण केन्द्र प्रमुख रोसन सिंहले बताउनु भयो ।
मर्मत पुरा नहुन्जेलसम्म जलजले र मुकुर्चीको विद्युत सुचारु हुन पर्खनु पर्ने छ भने खोटाङ तर्फ गएको ३३ केभिए लाईनको वद्युत अबरुद्ध भएकाले उदयपुर लगाएत, खोटाङ, ओखलढुङ्गा र सोलु जिल्लामा सहज बिद्युत आपुर्ति हुन केहि समय लाग्ने वितरण केन्द्रले जनाएको छ ।-
प्रतिक्रिया राख्नुहोस्