हवाई सेवा र यातायात भदौ १ देखि नखुल्ने, थप आइसोलेसन कक्ष निर्माण गरिने

काठमाडौं– आउँदो भदौ १ गतेदेखि हवाई सेवा र लामो दूरीको सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने यसअघिको निर्णय अनिश्चित बनेको छ ।

कोभिड १९ भाइरस सङ्क्रमणको दर बढ्दै गएकोले अव के गर्ने भन्ने विषयमा कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीको बैठकमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

तर कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै लामो दुरीमा चल्ने निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, विद्यार्थी भर्ना लगायतका बढी भिडभाड हुने गतिविधिलाई थप केही दिन स्थगित गर्ने तयारी गरिएको बताइएको छ ।

सीसीएमसीको हिजोको बैठकले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.