काठमाडौंमा दुईसहित कोरोना भाइरसबाट चार जनाको मृत्यु

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट चार जनाको मृत्यु भएको छ । काठमाडौंका दुईसहित पर्सा र बाँकेका एक एक जनाको मृत्यु भएको

नियमित प्रेस ब्रिफिङमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । त्यस्तै कीर्तिपुर ट्याङ्लाफाँटका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी वीरगन्ज १५ भेडियाहीकी एक महिलाको नारायणी अस्थायी कोभिड अस्पताल वीरगन्जमा मृत्यु भएको हो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ ।

बाँकेको कोहलपुर- २ मा पनि एकजना महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.