दमक हस्पिटल बन्द

झापा- कोरोना सङ्क्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक-८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो ।

ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाँच गराउन आएको खुलेको अस्पताल स्रोतले जनाएको छ । ती प्रहरीको दिउँसो मात्र पोजेटिभ रिपोर्ट आएको थियो ।

गत बुधबार उहाँसहित दमकबाट पठाइएका १०७ जनामध्ये आइतबार ४७ जनाको रिपोर्ट आएको थियो । यसमा उहाँको मात्र रिपोर्ट पोजेटिभ आएको हो ।

साथीसँगै हस्पिटलमा ज्वरोसहित रूघाखोकी लागेको भन्दै स्वास्थ्य परीक्षण गर्न आएका खुलेपछि सावधानीस्वरुप हस्पिटल बन्द गरिएको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.