मध्यम वर्षाको सम्भावना

काठमाडौं– देशका अधिकांश भू-भागमा आज राति सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

काठमाडौमा आज रातिको न्यूनतम तापक्रम २० र २२ तथा भोलि दिउँसोको अधिकतम तापक्रम २९ र ३१ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.