गोंगबु हत्याकाण्डः कृष्णबहादुर हत्यामा संलग्न महिला सार्वजनिक

काठमाडौं– रोल्पाको रुन्तीगढी गाउँपालिका स्थायी घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरीलाइ प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मुडभरीलाई दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि अण्डकोषमा हम्मर प्रहार गरी हत्या गरेकी हुन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर छोरीको सहयोगमा शव व्यवस्थापन गरेको समेत खुलेको प्रहरीले जानकारी दिएको छ ।

मुडभरीले आफ्नो नाङ्गो फोटो फेसबुकमार्फत सार्वजनिक गरेको र पटक पटक कोठामा समेत आएर ब्याकमेलिङ गर्ने गरेका कारण हत्या गरेको स्वीकार गरेकी छन् ।

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । तालिमप्राप्त जोजो नामक कुकुरको सहयोगमा केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.