प्रदेश १ मा एकैदिन ९८ कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६ सय ८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.