धादिङका प्रहरी प्रमुखसहित पाँच जनामा कोरोना

संघीय प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

धादिङ– जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख सहित अन्य पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका बाँकी सदरमुकाम धादिङबेसीका स्थानीय हुन् । पाटन एकेडेमी अफ हेल्थ साइन्समा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रमुखको ट्राभल हिस्ट्री छैन ।

संघीय प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि संघीय प्रहरीका १० जना र जिल्ला प्रहरी काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै जिल्लामा संक्रमित प्रहरीको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.