डोटी र पाल्पामा भएको दुर्घटनामा पाँच जनाको मृत्यु

डोटी/पाल्पा- डोटी र पाल्पामा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । ती दुर्घटनामा ३८ जना घाइते भएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिनुभयो । बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यसैगरी पाल्पामा मंगलबार साँझ भएको जिप दुर्घटनामा एकजना बालक सहित दुईजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन ।

जिल्लाको निस्दी गाउँपालिकास्थित मित्यालको बाहुनाडाँडा नजिकै जीप दुर्घटना भएको वडा सदस्य रनबहादुर गाहाले जानकारी दिनुभयो । मित्यालदेखि गल्धाको पटकसर तर्फ जादै गरेको लु १ ज २८८७ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पटकसरका ६३ वर्षीय ठाकुर प्रसाद फालको घटनास्थमै मृत्यु भएको र ३ महिनाको बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनीराम यादवले जानकारी दिनुभयो ।

जीपमा सवार अन्य ६ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.