कोरोना भाइरसको खोप तयार गरेको रुसको दाबी

काठमाडौं– रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार गरेको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर रुसले मान्यता दिइएको बताउनु भएको छ । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो ।

विश्व स्वास्थ्य संगठनले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा परेको छैनः बीबीसी

पुटिनले कोरोना विरुद्धको खोपबारे मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिनु भएको थियो । पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गर्नु भएको छ । तर विश्व स्वास्थ्य संगठनले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.