मृत्युको साता दिनपछि कोरोना पुष्टिः एक हजार मलामी तनाबमा

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ पलाँती निवासी पूर्वमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय पिता खड्गबहादुर बस्नेतको मृत्यु भएको साता दिन पछि कोरोना संक्रमण भएको पुष्टिले जिल्लामा त्रास फैलिएको छ ।

२३ गते काठमाडौंमा मृत्यु भएका बस्नेतका पिताको शव अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याइएको थियो । काठमाडौंको टिचिङ अस्पतालले मंगलबार मात्रै बस्नेतमा कोरोना संक्रमण भएको पुष्टि गरेपछि बाह्रबिसेमा बस्नेतको मलामीमा सहभागी भएका करिब १ हजार मलामीमा तनाव र त्रास फैलिएको छ ।

अस्पतालको जानकारी लगत्तै बाह्रबिसेको वडा नम्बर ४ सिल गरिएको बाह्रबिसे नगरपालिकाले जनाएको छ । मृतक बस्नेतको कन्ट्रयाक ट्रेसिङमा रहेकाहरुको स्वाब संकलन गर्ने तयारी भइरहेकोे स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.