मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण

उदयपुरका तीनवटा नगरपालिकामा भदौ सात गतेसम्म निषेधाज्ञा

उदयपुर– समुदायस्तरमा कोरोनाको संक्रमित फेलापरे पछि उदयपुरका ३ वटा नगरपालिका क्षेत्रमा साउन ७ गते सम्मको लागि निषेधाज्ञा जारि गरिएको छ । उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्र भित्र साउन २८ गते बेलुकादेखि भदौ ७ गते सम्मको लागि निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।

उदयपुरमा मंगलबार मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएपछि प्रशासनले उक्त कदम चालेको हो । खाद्यान्न पसल विहान ९ बजेदेखि १२ बजे सम्म खुल्ला रहने र अन्य सम्पूर्ण क्षेत्रहरु बन्द हुने प्रशासनले जनाएको छ ।

कोशी अञ्चल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कार्यालयका ४४, ३८, ३२, ३२, २७ र २२ वर्षीय कर्मचारीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । कोरोना पोजिटिभ देखिएका कर्मचारी कार्यालय सहयोगी, कम्युटर अपरेटरदेखि लिएर नायव सुब्बासम्मका छन् ।

१३ दिनअघि कोरोना देखिएका ती कर्मचारीको कन्ट्याक ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा त्रियुगा नगरपालिका ९ का ६२ वर्षीया आमा र ३० वर्षीया श्रीमतीमा पनि कोरोना देखिएको छ ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका एकै परिवारका चारसहित सातजनामा कोरोना पोजेटिभ देखिएको छ ।

उनीहरु सबै एकै वडाका हुन् भने एकजना लघुवित्तका कर्मचारी हुन् । प्रमुख सुवेदीका अनुसार वडा नं ९ का ६८, ३०, २०, ६०, १८, १७ र २८ वर्षीय छन् । दुई साताअघि बेलका नपा ९ बजारका दुई व्यापारीलाई कोरोना देखिएपछि उनीहरुको कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणबाट एकै परिवारका श्रीमान, श्रीमती, छोरी गरी चारजनामा कोरोना देखिएको हो । त्यस्तै २८ वर्षीय युवा सहारा लघुवित्तका कर्मचारी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.