काभ्रे प्रवेश गर्ने नाकाहरुमा कडाइ

काभ्रे- काभ्रे जिल्लामा पनि कोरोना भाइरस कोभिड–१९ संक्रमण बढ्न थाले पछि काभ्रे जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको छ ।
अत्यावश्यक बस्तु ढुवानीका बाहेक सबै सवारीहरुलाई नाकाबाट प्रवेशमा रोक लागाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
पूर्वी तराईको विभिन्न जिल्लाबाट आउने सवारी साधन विपी राजमार्गको मंगलटार पूर्वी पाहाडी जिल्लाबाट आउने सवारी साधन अरनिको राजमार्गको दोलालघाट र उपत्यकाबाट काभ्रे जिल्ला प्रवेश गर्ने साँगा नाकामा थप सतरकता अपनाइ कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिनुभयो ।
सरकारले ढुवानीका सवारी साधन रातको समयमा पनि चल्ने दिने भएपछि काभ्रेको साँगा नाका हुँदै राति दैनिक सयौंको टिपर उपत्यका प्रवेश गरेका कारण नाकामा लामो जाम हुने गरेकोले त्यसलाई व्यवस्थित गरि चलाउने भएको छ ।
हाल सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमित मध्य २९ जना उपचार पछि निको भएर डिस्चार्ज भएको र २३ जना आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले जानकारी दिनुभयो ।










प्रतिक्रिया राख्नुहोस्