नवलपुरमा १ अर्बको लगानीमा कागज उद्योग

चितवन- नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालनमा आएको छ ।

कागज उद्योगको इतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ ।

भृकृटी कागज उद्योग हाल वन्द रहेपनि तत्कालिन अवस्थामा कागज उत्पादन गर्ने जिल्लाको रुपमा परिचित थियो ।
नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज् प्रा.लिले काजग उद्योग सञ्चालनमा ल्याएको हो ।

नवलपुरस्थित आरुङ्गखोलामा विस २०७५ सालदेखि स्थापना भई भरतपुरमा केन्द्रिय कार्यालय रहेर झण्डै दुई बर्षको मिहिनेत पछि आफ्नो उत्पादन बजारमा ल्याउन लागेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ताले जानकारी दिए ।

यसअघि नेपालमा प्याकेजिङ्गका लागि भारत र चीनसहित तेश्रो मुलुकबाट कागज आयात गर्ने अवस्था थियो । निकट भविष्यमा सेतो कागज पनि उत्पादन गर्ने र मुलुकको कुल खपतको पचास प्रतिशत खपत यहाबाट धान्ने लक्ष्य रहेको गुप्ताको भनाइ थियो ।

कागजजन्य फोहरलाई पुनःप्रशोधन गरी स्वदेशमा दुई प्रकारका कागज उत्पादन गर्ने लक्ष्य यो उद्योगले लिएको छ । युरोपियन प्रबिधिको प्रयोग गरी वातावरण प्रदुषणलाई रोक्ने दावी संचालकको छ ।

नेपालमा हाल ८० प्रतिशत सेतो कागज तथा ६० प्रतिशत प्याकेजिङ कागज विभिन्न मुलुकबाट आयात हुने गरेको तथ्याकं छ ।

४ जना युवाहरुले प्रभू बैकको सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उद्योग सुरु हुन लागेको हो । उद्योगले स्थानीय १ सय ५० जनालाई रोजगारी दिने जनाएको छ ।

नेपालमा हाल ३ वटा कागज उद्योग रहेका छन् । विरगञ्ज र विराटनगरको उद्योग सञ्चालनमा रहेपनि भैरहवाको उद्योग वन्द छ ।

उद्योगले तेश्रो मुलुकबाट आउने कागजको गुणस्तर र मुल्यमा बिक्रि वितरण गर्ने उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले जानकारी दिएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.