अबदेखि सवारी पास बन्द !

गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई परिपत्र

काठमाडौं– जिल्ला प्रशासन कार्यालयमार्फत दिइँदै आएको सवारी पास पूर्णरुपमा बन्द गरिएको छ ।

गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै उच्च जोखिमका कारण अर्को व्यवस्था नभएसम्मका लागि बिहीबारदेखि सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

‘कोडिभ १९ को कारण नेपाल सरकार मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएको निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्थ नभएसम्म मिति २०७७/०४/२९ गतेदेखि लागू हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशानुसार अनुरोध छ,’ निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.