आईओएमद्वारा क्वारेन्टाइन व्यवस्थापन सामग्री प्रदान

काठमाडौं– अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) कार्यालयले प्रदेश १ का लागि क्वारेन्टाइन व्यववस्थापन सामग्री प्रदान गरेको छ ।

विभिन्न आइसोलेसन सेन्टर र क्वारेन्टाइन व्यववस्थापनमा सहायता पुग्नेगरी ४ हजार थान झुल, १२० एमएल सेनिटाइजर र मास्क सहितको सुरक्षा सामग्री प्रदान गरेको हो । प्रदेश १ मा कोरोना संक्रमणले अति प्रभावित झापा मोरङ र सुनसरी जिल्लाका सिमावर्ती क्षेत्रका क्वारेन्टाइन र आइसोलेसन केन्द्रमा यी सामग्रीहरु वितरण गरिएको छ ।

विराटनगर महानगरपालिकालाई ५०० थान, रङ्गेली नगरपालिकालाई २०० थान, गौरीगन्ज गाउँपालिकालाई १०५ थान, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत आवश्यक स्थानमा वितरण हुने गरि ७०० थान, जिल्ला प्रशासन कार्यलय सुनसरीमार्फत वितरण हुनेगरी ५०० थान सामग्रीहरु वितरण गरिने संस्थाका द्वारिका घिमिरेले जानकारी दिनुभयो ।

दोश्रो चरणको संक्रमण प्रदेशका सिमावर्ती जिल्ला र मुख्य सहरहरुमा फैलिदै गएपछि सामग्री सहयोग गरिएको घिमिरेको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.