भरतपुर महानगरपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी

चितवन- चितवनको भरतपुर महानगर क्षेत्रमा आज राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएको र आम सर्वसाधारणहरुले समेत लापवाही गर्ने क्रम बढेपछि एक हप्ता निषेधाज्ञासहित पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको भरतपुर महानगरकी मेयर रेनु दाहालले जानकारी दिनुभयो।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरुसँग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो ।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

महानगर क्षेत्रभित्र सार्वजनिक यातायात पूर्णरूपमा ठप्प हुने, उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाई गरिनेछ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने छ ।

स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर मात्रै सञ्चालन गर्न पाइने चितवनका प्रजिअ भट्टराईले जानकारी दिनुभयो । निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.