कोरोनाबाट थप तीनको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा २ जना र विराटनगरस्थित कोशी अस्पताल सिरहाका १ एकजनाको मृत्यु भएको हो । वीरगन्जको नारायणी अस्पतालको पिसिआर प्रयोशालाले दिएको जानकारी अनुसार मृत्यु हुने दुवैजना बाराका हुन् ।

बाराको जितपुर सिमरा टोल निवासी ५० वर्षीय र प्रसौनी गाउँपालिका वडा नं. २ प्रसौनीटोल निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका सिरहा विष्णुपुरका ४० वर्षीय पुरुषको संक्रमणबाट बिहीबार साँझ मृत्यु भएको अस्पतालका प्रवक्ता डा लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.