सर्वोच्च अदालतको सेवामा कटौती गर्ने निर्णय

काठमाडौं- सर्वोच्च अदालतले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भदौ १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएको छ ।

अदालतले एक सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता तथा सुनुवाइ एवं मुद्दा फिर्ता र मिलापत्रका काम मात्र गर्ने जनाएको हो ।

काठमाडौं उपत्यकाका हकमा भने यही साउन ८ गतेदेखि शुरु भएको हदम्याद, म्याद र तारिखमा उपस्थित हुनु व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.