कोरोना संक्रमण बढ्दै जाँदा उपत्यकामा मात्र २९ ठाउँमा सिल

कन्ट्याक्ट ट्रेसिङलाइ प्राथमिकतामा राख्‍न विज्ञहरुको सुझाव

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो छ । सर्वसाधारण नागरिकदेखि विभिन्न पेशा व्यवसाय गरेर बसेका व्यक्ति, चिकित्सक, कर्मचारी, उद्योगी र संचारकर्मीमा समेत कोरोना देखिएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा कोरोना संक्रमित भेटिएका न्यूरोड, कलंकी, महाबौद्ध, कोटेश्वर लगाएत क्षेत्रका घर र टोल गरेर उपत्यकामा मात्र २९ ठाउँमा सिल गरिएको छ ।

महाराजगञ्ज स्थित शिक्षण अस्पतालका एक विरामीमा कोरोना पुष्टि भएपछि पहिलोपटक जेठ २ गते अस्पताल सिल गरिएको थियो ।

त्यसपछि एकपछि अर्को सङ्क्रमित भेटिएसँगै ती ठाउँहरू सिल गर्दैजाँदा उपत्यकामा मात्रै ९६ स्थान सिल गरिएको थियो । ती मध्ये ६७ स्थान खुल्ला भैसकेका छन् ।

संक्रमित भेटिएको स्थानमा थप जोखिम हुन नदिन आवस्यकता अनुसार टोल र घर सिल गर्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल बताउनु हुन्छ ।

तर विज्ञहरुले भने सिल गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने सुझाब दिएका छन् । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले सिल गर्ने भन्दापनि कन्ट्याक्ट ट्रेसिङलाइ प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सरकारले आधा कर्मचारीबाट काम चलाउन आव्हान गरेसँगै मन्त्रालयदेखि केही सरकारी कार्यालयले समेत कर्मचारीलाइ घरैबाट काम गर्ने व्यवस्था मिलाएका छन् ।

तर नीजि क्षेत्रका कार्यालय, बजार-पसल आदि निरन्तर सञ्चालन भएका कारण बाटोघाटो लगायत ती क्षेत्रहरूमा चहलपहल र भीडभाड भने जारी नै छ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.