पर्सामा थप एकजनाको मृत्यु, पर्सामा मात्रै मृत्यु हुनेको संख्या २६ पुग्यो
पर्सा- पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायिक कोभिड उपचार केन्द्र गण्डकमा हिजो साँझ ७ बजे वीरगन्ज महानगरपालिका वडा नं. १२ मुर्ली निवासी ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
साउन २१ गते संक्रमण पुष्टी भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन २४ गते अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा भर्ना गरिएको थियो ।
कोभिड उपचार केन्द्र गण्डकका संयोजक डा. उदयनारायण सिंहका अनुसार मृतक उच्च रक्तचाप, मधुमेह र पारालाइसेस रोगबाट ग्रसित रहेका थिए ।
यससँगै पर्सामा मृत्यु हुनेको संख्या २ जना भारतीय सहित २६ पुगेको छ । साउन महिनामा मात्र पर्सामा २२ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।-
प्रतिक्रिया राख्नुहोस्