नेकपा कार्यदलले सुरु गर्‍यो काम

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको शनिबारबाट काम सुरु गरेको छ ।

ललितपुर भैंसेपाटीमा बसेको कार्यदलको पहिलो बैठकमा पार्टी भित्रको विवाद समाधानका विकल्पबारे छलफल भएको बताइएको छ । कार्यदललाई छिटो भन्दा छिटो नेकपाभित्रको समस्या समाधानका लागि प्रस्ताव तयार पार्न निर्देशन दिइएको छ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भूसाल र जनार्दन शर्मा रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.