स्वास्थ्यकर्मी आइसोलेशनमा बसेपछि सेवा प्रभावित

धादिङ – जिल्लामा कोरोना संक्रमितहरुको संख्या दैनिक जसो थपिदैँ जान थालेपछि धादिङको जिल्ला अस्पतालमा बिरामीलाई दिने सेवा प्रभावित भएको छ । संक्रमित बढेसँगै पिसिआर टेष्टलाई तिब्रता त दिइएको छ तर स्वास्थ्यकर्मी नै आइसोलेशनमा रहेपछि यो काम समेत प्रभावित बनेको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमणका कारण एक जानको मृत्यु भइ सकेको छ । जस्का कारण जिल्ला अस्पताल धादिङका १० जान कार्मचारीहरु आइसोलेसनमा राखिएको छ ।

गत २८ गते बुधवार काठमाण्डौ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएका धादिङको एक विरामीमा कोरोना पुष्टि भएसंगै धादिङ अस्पतालमा निजको उपचारमा संलग्न दश जनालाई आइसोलेसनमा राखिएको हो ।

चिकित्सकदेखि कार्यालय सहयोगीसम्म आइसोलेसनमा बस्नु परेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

हाल धादिङ अस्पतालबाट दिइने एक्स-रे, ल्याव, र प्रसुती सेवा थप प्रभावित भएको धादिङ अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनु भएको छ ।

जिल्लामा अहिले एक जान कोरोना संक्रमित विरामीको समेत जिल्ला अस्पतालकै निर्माण गरेको आईसोलेसनमा राखी उपचार गराइ रहेकोले पनि थप समस्या आएको हो ।

काठमाण्डौमा बेडको अभाव हुन थालेपछि एक जान विरामीलाई धादिङमै उपचार जारी राखिएको छ । हाल धादिङ जिल्लामा एक सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.