मोरङमा एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु

मोरङ- विराटनगर तीनपैनीकी ५० बर्षीया एक जना महिलाको कोरोना संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
गए राति धरानमा भर्ना गरिएकी महिलाको आज बिहान मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई विराटनगरस्थित न्यूरो अस्पतालबाट रिफर गरिएको थियो ।
उनलाई फोक्सोको समस्या र थाइराइडको समस्या रहेको तथा दिल्लीमा मुटुको उपचार हुने गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

उनको शव व्यवस्थापन गर्ने कार्य भईरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.