जोखिम बढेसँगै काठमाडौं उपत्यकामा कडाइ
काठमाण्ठौ- उपत्यकामा कोभिड- १९को उच्च जोखिम बढेसँगै थप संक्रमण फैलनबाट रोक्न अनुगमनमा कडाइ गरिएको छ।
उपत्यकामा तोकिएको सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न अनुगमन टोलीलाई थप सक्रिय पारिएको हो । काठमाण्डौंमा पाँच वटा तथा ललितपुर र भक्तपुरमा ४/४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन र कार्वाहीलाई तिब्र पारिएको गृह मन्त्रालयले जनाएको छ।
गृह प्रशासनले अहिले उपत्यका प्रवेशसँगै २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सवारी पास वितरण बन्द गरेको छ।
कोरोना संक्रमण समुदायमा फैलन नदिन आवश्यक सवै प्रयासहरु भइरहेको र परिस्थिति हेरी थप कदम चालिने पनि गृह मन्त्रालयले जनाएको छ।
तोकिएको सुरक्षा मापदण्ड पालनामा हेलचक्र्याइँ गर्नेहरुमाथि कारवाहीलाई थप कडाइ गरिएको पनि गृह मन्त्रालयले जनाएको छ।
यसैबीच मास्कको प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिई छाडिएको छ ।
काठमाण्डौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय ३५ सवारी साधनलाई प्रवेश विन्दु मै फर्काइएको छ। बिना अनुमति उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४ सय ८३ जनालाई प्रवेश नाकावाटै फिर्ता पठाइएको पनि गृह मन्त्रालयले जनाएको छ।
कोरोना नियन्त्रणमा नागरिक स्वयम् सचेत नभई राज्यको तर्फवाट मात्र गरिएको प्रयासवाट संक्रमण नियन्त्रण र न्यूनिकरणको काम प्रभावकारी नहुने भएकोले आम नागरिकलाई प्रकोप नियन्त्रणमा सहयोग गर्न समेत सरकारले आग्रह गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्