नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छः राष्ट्रपति भण्डारी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपतिले उहाँलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा बधाई दिँदै भविष्यमा नेपाल र बङ्‌गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल र बङ्गलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने बताउँदै एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिएको स्पष्ट गर्नुभयो ।

यही वर्ष बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धुको सयौं वार्षिकोत्सव भएकाले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई उहाँले बधाई तथा शुभकामना पनि दिनुभएको छ ।- (रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.