क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवन- चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।

अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागको ओपिडिबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । क्यान्सर अस्पतालमा कार्यरत सात नर्स र तीन सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छ भने अस्पतालमा उचार गराएका सात बिरामी सङ्क्रमित भेटिएका छन् ।

निर्देशक डा. गौतमले दुई-तीन दिनभित्र सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ परीक्षण गरेर सेवा पुन सञ्चालनसम्बन्धी निर्णय लिइने बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.