पर्सामा सशस्त्र प्रहरीका डिएसपी सहित ११ जनामा कोरोना संक्रमण पुष्टी

पर्सा- पर्सामा सशस्त्र प्रहरीका डिएसपीसहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । साउन २९ गते देखि ३२ गतेसम्म बारा र पर्साको विभिन्न स्थानमा संकलन गरिएको स्वाबको नमूना परीक्षण गर्दा २५ वर्ष देखि ४० वर्ष उमेर समुहका एक महिला र १० जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको गएराती प्राप्त रिर्पोटमा सशस्त्र प्रहरी राजश्व गस्ति वीरगन्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी नायब उपरिक्षक र एक जना प्रहरी जवानमा संक्रमण पुष्टी भएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले वीरगन्जको नारायणी अस्पताल र बाराको गौरिशंकर कम्प्लेक्समा संकलन गरिएको स्वाब परीक्षण गर्दा बाराका ५ जना, वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका ५ जना र पर्साको सुखुवा प्रसौनि गाउँपालिकाका एक जनामा संक्रमण पुष्टी भएको बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.