सुदुरपश्चिममा ओल्के पर्व मनाइँदै

डडेल्धुरा – आज सुदुरपश्चिममा ओल्के पर्व मनाइएको छ । मान्यजनलाई कोशेली दिनुका साथै बुढी अर्थात काठको लिङ्गो गाडेर डडेल्धुरासहित सुदुरपश्चिमका नौ वटै जिल्लामा धुमधामका साथ ओल्के पर्व मनाइन्छ ।

रोपाइँ सकेपछि थकान मार्नुका साथै एक आपसमा ओल्के अर्थात मान्यजन परिवारलाई कोसेली दिई पारिवारिक मेलमिलाप गरी यो पर्व मनाइन्छ ।

आज घर घरमा गई आफ्नो शिप अनुसारको कोसेली दिने र कोसेली दिने व्यक्तिलाई गच्छे अनुसारको अन्न, पैसा दिने प्रचलन रहेको छ । ओल्के अर्थात सगुनको रुपमा पिँडालुको गाभा, बाँसबाट बनाइएको सिन्को दिने प्रचलन रहेको छ ।

रोपाइँको समयमा भएको थकान मार्नुका साथै वर्षामा हिलोका कारण हुने विभिन्न रोग पखाली ओल्के अर्थात सघुन दिएर एक आपसमा सदभाव कायम हुने परम्परा मान्यता अनुसार भाद्र १ का दिन यो पर्व मनाउने पुरानो परम्परालाई स्थानीयले बिँडो थाम्ने गरेको बताउँछन ।

आज घर घरमा विभिन्न परिकार बनाएर खाने प्रचलन समेत रहेको छ । यसैगरी आजकै दिन सुदुरपश्चिम प्रदेशमा टोल टोलमा बुढी अर्थात काठको लिङ्गो गाँड्ने प्रचलन समेत रहेको छ ।

भगवान कृष्णलाई पुतना राक्षसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतना राक्षसनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको शवलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्रा–टुक्रा पारेको दिनको सम्झनामा आज बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ ।

आज गाडिएको काठको लिङ्गो अर्थात बुढीमा प्रत्येक दिन हाँगाले बेर्ने गर्दछन् । बढ्दै गएको सहरीकरण संगै बुढी गाड्ने प्रचलन हराउँदै गएको स्थानीयको चिन्ता छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.