विवाद समाधान गर्न गठित कार्यदललाई सचिवालयको अनुमोदन

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले बैठकले केही दिन अघि दुई जना अध्यक्षले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहिबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाउनु भएको थियो ।

प्रधान मन्त्री निवास वालुवाटारमा सम्पन्न सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.