मन्त्रिपरिषद् पुनर्गठनको तयारी छैन : नेकपा प्रवक्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताउनुभएको छ ।

नेकपा सचिवालय बैठकपछि सोमबार संवाददाताहरुसित कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठकमा मुख्यमन्त्री र मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको दाबी गर्नुभयो । ‘हाम्रो पार्टी अहिलेको संकटको निकास र महाधिवेशनका लागि केन्द्रित छ,’ उहाँले भन्नुभयो, ‘अहिले मन्त्रिपरिषद् पुनर्गठनबारे अध्यक्षबीच र सचिवालयमा छलफल भएको छैन ।’

वालुवाटारमा बसेको सचिवालय बैठकले केही दिन अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो । कार्यदलको प्रतिवेदन दुई अध्यक्षले ग्रहण गर्ने र स्थायी कमिटीमा प्रस्तुत हुने उहाँको भनाइ छ ।

अध्यक्षद्वय ओली र दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाउनु भएको थियो । कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.