काभ्रेमा कोरोनाबाट एकको मृत्यु
काभ्रे– कोरोनाका कारण जिल्लामा धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ । साउन २७ गते कोरोना पुष्टि भएपछि उहाँलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो ।
उहाँमा कोरोना पोजेटिभ देखिए लगत्तै उहाँसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । उहाँहरु दुवै जना काठमाडौंमा उपचारार्थ हुनुहुन्छ । परिवारका अन्य सदस्यहरुलाई पनि कोरोना परीक्षण भइरहेको छ ।
यस अघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ वर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो । जेष्ठ नागरिकको शव पशुपतिको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने बताइएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको बताउनुभयो । कोरोनाका कारण जिल्लामा दोश्रो व्यक्तिको निधन भएको छ ।
प्रतिक्रिया राख्नुहोस्