जंगली च्याउ खाँदा एकै परिवारका दुई छोराको मृत्यु

प्यूठान- प्यूठानमा जंगली च्याउको तरकारी खाँदा २ बालकको ज्यान गएको छ ।

प्यूठानको नौ बहिनी गाउँपालिका–६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उनकी ३० वर्षकी श्रीमती लिला र १७ वर्षका छोरा शशि विरामी परेका छन् ।

उनीहरुको अहिले प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्यूठान अस्पतालले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.