राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन (जीवनी भिडियो )

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १०१ वर्षीय घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निजी निवास लैनचौरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

१०१ वर्षीय घिमिरे केही दिनअघि अस्वस्थ्य हुनुहुन्थ्यो ।

वि.सं. १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मनुभएका घिमिरे २०७५ साल असोजमा सय वर्ष प्रवेश गर्नुभएको थियो ।

१९९२ सालमा गोरखापत्रमा आफ्नो कविता प्रकाशित गरेर साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका घिमिरेका नव मञ्जरी, गौरी, मालती मङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीतलगायतका धेरै चर्चित कृति प्रकाशित छन् । २०६० सालमा तत्कालिन सरकारले उहाँलाई राष्ट्रकवि घोषणा गरेको थियो ।

घिमिरे पद्यश्री साधना सम्मान, महाउज्ज्वल पदकसहित दर्जनौं पदक, सम्मान र पुरस्कारबाट पुरस्कृत र विभूषित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.