राष्ट्रकवि दिवंगत माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज सम्मानका साथ गरिंदै

काठमाडौं- राष्ट्रकवि दिवंगत माधवप्रसाद घिमिरेको अन्त्येष्टि आज सम्मानका साथ गरिंदै छ ।

पशुपतिमा आज अन्त्येष्टि गरिने र नेपाली सेनाको एक टुकडीले राष्ट्रकविप्रति सम्मान गारद अर्पण गर्ने जनाइएको छ । राष्ट्रकवि घिमिरेको हिजो साँझ ५ बजेर ५५ मिनेटमा उहाँकै निवास लैनचौरमा निधन भएको हो ।

विक्रम सम्वत १९७६ असोज ७ गते जन्मिनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेका सर्वाधिक लोकप्रिय “गौरी खण्डकाव्य”सहित दर्जनौं काव्यकृति प्रकाशित छन् । राष्ट्रकवि घिमिरेले गत वर्षमात्रै शताब्दी वर्ष उमेर पूरा गर्नुभएको थियो ।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति समेत हुनुभएका उहाँलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.