कैलाश खोलाले बगाएका ७ जनाको शव फेला ( बेपत्ता भएकाहरुको नामावलीसहित) अपडेट

१७ जना अझै बेपत्ता

अछाम- अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा अचानक आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीमा परी हराएकामध्ये पाँच जनाको शव फेला परेको छ भने २४ जना अझै बेपत्ता छन् ।

बाढी नदी किनारमा रहेका कैयौँ घरहरु पनि बगाएको छ । गाउँपालिकाको गजड बजार, मुजा बगर, खालबजार, सैनी बजारमा सबैभन्दा बढी क्षति पुगेको हाम्रा संवाददाता नरेन्द्र रावलले जनाएका छन् ।

अविरल वर्षाका कारण खोलामा पानीको बहाव अत्यधिक बढेको र पहिरो पनि खसेकाले अचानक बाढी आएको हुनसक्ने आशंका गरिएको छ । सो क्षेत्रमा रहेको रामारोशन ताल पनि फुटेको हुन सक्ने समाचारमा जनाइएको छ ।

बाढीले जयगड रामारोशन सडक खण्डको अधिकांश भाग बगाएको छ भने गाउँपालिकाको प्रवेशद्वार र पक्कीपुल समेत बगाएको छ । हेलिकप्टरमार्फत् उद्धार गर्ने प्रयास भएपनि खराब मौसमका कारण उद्धार कार्य प्रभावित भएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभएको छ ।

बेपत्ता हुनेहरुको नामावली यसप्रकार छ-
१ चन्द्र ब साउद
२ बशुन्धरा साउद
३ नन्द सिं साउद
४ गंगा साउद
५ रुपेस साउद
६ जोगा साउद
७ नबिन साउद
८ कबिता बुढा साद
९ अमर ब शाह
१० पबित्रा शाह
११ समिर शाह
१२ लालसरा शाही
१३ बशन्त शाही
१४ गौरफ शाह
१५ सम्झना शाह
१६ प्राप्ती साउद
१७ बिमा साउद

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.