राष्ट्रकविको अन्त्येष्टि
नेपाली सेनाद्वारा सलामी अर्पण, पार्थिव शरीरमा राष्ट्रिय झण्डा

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । त्यसअघि कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।
घिमिरेलाई अन्तिम श्रद्धाञ्जलि दिन सभामुख अग्निप्रसाद सापकोटा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरु निजी निवास पुग्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्