हिजोभन्दा संक्रमित घटे, देशभर ६ सय ८१, उपत्यकामा १ सय ५९ संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट अघिल्लो दिनको तुलनामा घटेका छन् ।

बितेको २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएका छन् ।

मंगलबार एकै दिन १ हजार १६ जना संक्रमित भएका थिए ।

हाल सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुले एकतिहाई शैय्या कोरोना संक्रमितको लागि छुट्याउनुपर्ने निर्णय गरेको छ । यसैगरी निजी अस्पतालहरुले कम्तिमा २० प्रतिशत शैय्या कोरोना संक्रमितको लागि छुट्याउनुपर्ने निर्णय गरिएको प्रवक्ता डा. गौतमले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.