वाइडेन डेमोक्र्याटिकबाट राष्ट्रपति उम्मेदवार
काठमाडौं– अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट पूर्व उपराष्ट्रपति जो वाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गरिएको छ ।
पार्टीले आयोजना गरेको राष्ट्रव्यापी भर्च्युअल सम्मेलनमा आगामी राष्ट्रपति पदमा डेमोक्र्याटिक उम्मेदवार वाइडेनलाई विजयी बनाउन जनसमर्थन प्राप्त हुने विश्वास गरिएको छ । वाइडेनले राष्ट्रपतिको उम्मेदवार मनोनयनका लागि आफ्नै पार्टीका अन्य आकांक्षीहरुलाई आन्तरिक चुनावी दौडमा पछि पार्नुभएको थियो ।
अमेरिकामा आगामी राष्ट्रपतिय निर्वाचनमा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वाइडेनको कडा टक्कर हुने अनुमान प्रारम्भिक चुनावी मत सर्वेक्षणले देखाएको छ । ७७ बर्षीय वाइडेन बाराक ओवामा कार्यकालमा उपराष्ट्रपति हुनुहुन्थ्यो ।
अमेरिकामा आगामी नोभेम्वरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ, जसमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्