देशभर ७ सय ७ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै २००

काठमाडौं– बितेको २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गर्दा ७ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २ सय ६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

यसैबीच, काठमाडौं उपत्यकामा मात्र २०० जना संक्रमित भेटिएका छन् । तीमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।

नेपालमा हालसम्म १ सय २६ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ६४ जना निको भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.