लकडाउनभन्दा कडाइ गर्छौं : डीआईजी पोखरेल

काठमाडौं– नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेलले उपत्यकामा जारी निषेधाज्ञा लकडाउनभन्दा कडा बनाउने बताउनुभएको छ ।

उपत्यकामा कोरोना भाइरसको महामारी तीब्ररुपमा फैलिएकाले क्षति रोक्न सुरक्षामा बढी ध्यान दिनुपरेको पोखरेलले बताउनुभयो । ‘सरकार र सुरक्षा निकायको मात्रै होइन,’ उहाँले भन्नुभयो, ‘नागरिक आफैंले पालना गर्नुपर्ने अवस्था छ ।’

पोखरेलले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बिहीबार पनि सहजिकरण गरेको भन्दै अत्यावश्यक सेवाका कर्मचारीलाई नरोक्ने जानकारी दिनुभयो ।

यो पनि : निषेधाज्ञामा पासको व्यवस्था छैन, निषेधित सवारीसाधन नचलाउन ट्राफिक प्रहरीको आग्रह

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.