जानीजानी निषेधाज्ञा उल्लंघन गर्नेलाई कडै कारबाही हुन्छ

जनकराज दाहाल (सिडियो काठमाडौं)

काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानीजानी निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

निषेधाज्ञालाई तल्लो तहबाटै पालना भएको दाबी गर्दै दाहालले तर पनि कतिपय व्यक्तिहरु जानीजानी लापरबाही गर्ने प्रवृत्तिका भएको बताउनुभयो । ‘थाहा पाईपाई उल्लंघन गर्नेलाई चाँही प्रशासनले कडा कारबाही गर्छ,’ उहाँले भन्नुभयो ।

निषेधाज्ञाको पहिलो दिन द्विवधाका कारण बैंकका कर्मचारीलाई प्रहरीले रोकेको हुन सक्ने बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले असहज अवस्थामा सबैले सहजता खोज्न नहुने उल्लेख गर्नुभयो ।

समय दिएरै निषेधाज्ञा घोणा गरिएकाले तरकारी र खाद्यान्नका पसल सकभर नखोल्दा राम्रो हुने बताउँदै उहाँले औषधि पसललाई भने कुनै समय नतोकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.