कोरोना उपचारमा १२ अर्ब खर्च

काठमाडौं– नेपालमा कोभिड –१९ भाइरस संक्रमितको संख्या करिव ३० हजार ५ सय पुगेको छ ।

हालसमस्म करिव ५ लाख ८० हजारको पिसिआर र ३ लाख १२ हजार बढीको आरडिटी परिक्षण गरिएको छ । यसैबीच कोभिड –१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी करिव १२ अर्ब रुपैयाँ खर्च भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

यसैबीच एउटा नमुना परीक्षण गर्न ५ हजार ५ सय लाग्ने भए पनि नेपालको सन्दर्भमा एकजना बिरामी भेट्न १ लाख ४ हजार बढी खर्च भएको र उपचारको लागि आसीयुमा ३० दिन राख्नु परे साढे ४ लाख खर्च हुने जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्-

कोरोना परीक्षणमा मात्रै सरकारले कति खर्च गरेको छ ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.